नेपालमा लाखौं धनजनको क्षति हुने गरि आएको बाढी पीडितको सहयोगार्थ एक युवाले एकल पहलमा चारसय २५ पाउण्ड संकलन गरि नेपाल डिजाष्टर भिक्टिम्स् एड कमिटीलाई हस्तान्तरण गरेका छन् । पोखरा स्थायी घर भई विगत ४ वर्षेखि बेलायत बसोवास गरिरहेका राजेश जोशीले बुधवार नेपालीपत्रको अर्ल्पर्टन कार्यालयमै आएर कमिटी संयोजक महेन्द्र कंडेललाई सो रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै उनले बाढी पीडितको सहयोगमा मौन बेलायतका अन्य संघसंस्था र व्यक्तिलाई पनि पीडितलाई सहयोग गरि मानवीय भावना दर्शाउन अपिल गरे । उनले बेलायतमा खुलेका विभिन्न जातीय संघसंस्था बिबिक्यु पार्टीमा रमाउनुको सट्टा मानवीय सहयोग गरेर नेपाली नेपालीबीचको आत्मिय भावना देखाउन पनि आव्हान गरेका छन् ।

£426.00 is handed by Mr. Rajesh Joshi (& friends)
|