ndvac.org
ndvac
आज हामी सारा नेपालीका वीचमा कोशीको बाढीका कारणले पुर्याएको क्षती प्रति सोचनिय र चिन्ताको विषय भएको छ । २०१२ सालमा निर्माण गरिएको कोशी बाधमा आएको बाढीको असरले करिब ४० हजार मानिसहरुलाई प्रभावित पारेको सरकारी तथ्याङ्कले बताउछ भने करीव १ लाख भन्दा बढी प्रभावित भएको स्थानीय अधिकारीहरुको भनाई छ ।
nepal flood
अहिलेको त्यहाको अवस्था साह्रैनै दयनीय रुपमा गुज्रीरहेको छ । राज्यबाट उचित राहत पुग्न सकिरहेको छैन । सयौ परिवार सदस्यहरु हराएका छन्, थाहा छैन उनिहरु जीवित या मृत्य अवस्थामा छन् । पानीको भेलका कारण कोही भारतको विभिन्न गाउलेहरुको शरणमा छन् भने कोही राजमार्गमा अलपत्र परेका छन् । त्यस्तै गरी सरकारी स्रोतको भनाई अनुसार करिव २५ हजारभन्दा बढी जनताहरुले १२ वटा सरकारी सिविरमा आश्रय पाएको बताइन्छ । बाढीले सयौं विघा जमिनलाई वगरमा परिणत गरको र करिव ७ हजार पाचसय भन्दा बढी घरहरु डुवानमा परेको कुरा भने स्थानीय व्यक्तिहरु भन्छन् ।
कोशी व्यारेजको पूर्वी तटवन्धमा आश्रयलिई वस्नेको संख्या ३० हजार भन्दा बढी भएको अनुमान गरिएको छ भने उनिहरु पाचौ दिन सम्म पनि दाल चामल खानबाट वन्चित छन् त्यस्तै चिसो भुइका कारण विशेष गरि वालवालिका र सुत्केरी महिलाहरु बढ्दो मात्रामा प्रभावित भएको पाइन्छ । यो अवस्थामा फोहोर पानीका कारण त्यसबाट र्सर्ने मलेरिया, डायरिया जस्ता अन्य डिजिजहरुको राकथामको लागि सरकारले छिट्टैनै उचित कदम चाल्नु पर्ने देखिन्छ । राहतको अपेक्षा गरेका विस्तापितहरु राज्यबाट छिट्टैनै हेलिकप्टर आई सामाग्रीहरु झार्छन भन्दै आसुले भरिएको आखाहरु आकाशतर्फ लक्षित हुनु स्वभाविक नै हो ।
विडम्बनाको कुरा भनौ, यस्ता भवितव्यको अवस्थामा त्यसलाई समयमानै पिडित परिवारलाई राहत पुर्याउने सक्षम सरकार हाम्रो देशमा कहिले होला ? कहिले हामी हाम्रो सरकार छ र हामी सुरक्षित छौं भन्ने अनुभुति लिन सक्छौ होला ? कहीले नेपाली आमा आफ्ना सन्त्ततिहरुको चिन्ताबाट मुक्त होलिन् ? पक्कै पनि यस्ता प्रश्नहरु देशलाई मायागर्ने सम्पूर्ण नेपालीको मानस पटलमा उब्जिरहन्छन् । अवस्य हाम्रो तन जहाँ रहेपनि मन भने स्वदेशमानै घुमिरहेको हुन्छ । त्यसकारण यो दुःखको घडीमा हामी स्वदेश प्रति कति जिम्मेवार छौ त ? पक्कै पनि हाम्रो इतिहास अझै पनि जीवितनै छ 'नेपाली जनताहरु दुःखद घडीमा जहिले पनि एउटै घरभित्र हुन्छन्' त्यो सुन्दर इतिहासलाई भविष्यमा पनि जीवित राख्ने काम अहिले हाम्रो काधमा आएको छ । त्यसकारण आउनुहोस् सबै नेपाली दाजुभाई दिदीबहिनीहरु हाम्रो भावनात्मक सम्बन्धलाई थुनेर नराखौं आफ्नो जन्मभुमिमा फराकिलो संग फैलिन दिऊ, जन्मभुमीप्रतिको अथाह मायालाई संगालेर निश्चित रुपमा स्वेदमा फैलाऊ । यही हामीले संगालेको मायाले नेपाली आमाको घाइते शरीरमा मलम पट्टीको काम हुनेछ । साथीहरु हामीहरु परदेशबाट त्यो रोगले ग्रसित नेपाली आमालाई अप्रेशन थ्रेटरमा पुर्याउन नसकेपनि मलम पट्टीत अवस्य पनि पुर्याउन सक्छौ । त्यसैले आ-आफ्नो स्थानबाट जेजति सहयोग दिन सकिन्छ त्यसको हामी अपेक्षामा गर्छौ ।
E: info@ndvac.org | M:07976260155
Site Designed by: robincha
home Donatekoshi disaster Donors About Usnews